काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रदेश नम्बर १ सरकारले अध्यादेशबाट बजेट प्रस्तुत गर्न खोजेको विषयमा सबै मिलेर प्रतिवाद गर्न आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो मत राख्दै नेता कोइरालाले प्रदेश सरकारविरुद्ध प्रतिवादका लागि आग्रह गरेका हुन्।कोइरालाले अध्यादेशबाट बजेट ल्याउने कार्यलाई अशधिनायकवादको संज्ञा दिएका छन्।
‘प्रदेश सभा नियमावलीअनुसार पूर्व बजेट छलफल समयमै नगर्ने र अधिवेशन बोलाउन ढिला गर्ने क्रियाकलाप हेर्दा प्रदेश–१ लगायत अन्य प्रदेशहरूलाई प्रधानमन्त्रीले संघकै नियतिमा पुर्याउने शंका बढेको छ’, उनले लेखेका छन्, ‘सबै मिलेर प्रदेशको यस्तो कार्यको प्रतिवाद गरौँ। अधिनायकवादको अन्त्य गरौँ।’