भारतमा नयाँ संक्रमितको संख्यामा कमी आउने क्रम निरन्तर जारी छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विगत ५४ दिन यताकै कै एक लाख २७ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । कोभिड–१९ का कारण सो अवधिमा दुई हजार ७९५ जनाको ज्यान गएको छ ।हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ९५ हजार रहेको छ । पछिल्लो ४३ दिनमा सक्रिय संक्रमितको संख्या २० लाख भन्दा कम भएको यो पहिलोपटक हो ।
भारतमा हाल कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने दर ९२.०९ प्रतिशत रहेको छ। यस्तै दैनिक संक्रमणदर ६.६२ प्रतिशत भएको छ । यो दर पछिल्लो ८ दिन लगातार १० प्रतिशत भन्दा कम रहेको छ ।