२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

वैज्ञानिकले मलेशियामा कोरोना भाइरसको नयाँ प्रजातिको खोज गरेका छन्। जुन कुकुरमा हुने गरेको छ। साथै कुकुरबाट मानिसमा सर्ने सम्भावना रहेको पनि जनाएका छन् । तर, मानिसका लागि खतरा रहे नरहेको बारेमा भने वैज्ञानिकले स्पष्ट बताएका छैनन्।

वैज्ञानिकले निमोनियाबाट पीडित केही मानिसमा उक्त भाइरस भेटिएको जनाएका छन् । सुन्दा केही भयावह लागे पनि विश्लेषणपछि भने यसबाट डराउनु पर्ने देखिंदैन । मलेशियाको सरवाकको एउटा अस्पतालमा ८ जना मानिसमा कुकुरमा हुने कोरोना भाइरस भेटिएको बारेमा वरिष्ठ अन्तर्राष्ट्रिय वैज्ञानिकको एक समूहले सम्बन्धित विभागमा यसको जानकारी गराएको थियो। वरिष्ठ वैज्ञानिक एलर्टले मानिसमा कुकुर कोरोना सर्ने नसर्ने बारेमा प्रश्न उठाएका छन् । जो मानिसमा यस सार्स कोभि–२ भाइरस भेटिएको थियो जुन कोभिड–१९ को कारण बन्न सक्छ तर, त्यो भन्दा अलग रहेको पाइयो। तर, कुकुरले मानिसमा कोरोना भाइरस सार्न सक्ने बारेमा भने निरन्तर शोध चलिरहेको छ ।

कोरोना भाइरस परिवारको भाइरसलाई चार भागमा विभाजन गरिएको छ । जसमा अल्फा, बिटा, गामा तथा डेल्टा रहेका छन् । सार्स कोभि–२ बिटा समूहको भाइरसमा आउँछ । तर, कुकुरमा हुने कोरोना भने अल्फा समूहको भाइरसमा पर्ने गर्छ । वैज्ञानिकलाई यस कुकुर कोरोना भाइरसको बारेमा ५० वर्ष अघि नै जानकारी थियो। यति लामो अन्तरालमा यस भाइरस भने अलग अस्तित्वका साथ गुपचुप बसेको पाइएको थियो। केवल पशु चिकित्सक तथा कुकुर पाल्ने मानिसले मात्रै यस भाइरसको बारेमा चासो राख्ने गर्थे। कोभिड–१९ पछि कुनै जनावरबाट मानिसमा सर्ने सबैभन्दा नयाँ भाइरसको नाम CCov-HuPn-2018 राखिएको छ। तर, क्लिनिकल इन्फेक्सियस डिजिजमा प्रकाशित रिसर्चका अनुसार कुकुरबाट मानिसमा सर्ने भनिएको कोरोना भाइरस बच्चाको निमोनियाको कारण बनेको पाइएन ।

कुकुरमा हुने कोरोना भाइरस मानिसमा सरेको कुनै पनि जानकारी हालसम्म प्राप्त भएको छैन । तर, कोरोना भाइरसको संसारभरि चर्चा भइरहेका बेला यो पनि चर्चामा आएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]