१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

काठमाडौं – जनता समाजवादी पार्टीभित्रको विवादको असर प्रदेश नम्बर २ मा परेको छ । प्रदेश २ मा सरकार ढाल्ने प्रयास सुरु भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा लागेका हुन् । सुमनलाई अगाडि बढ्न जसपा अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको बुझिएको छ । त्यसैले उनी प्रदेश संसदीय दलमा बहुमत बनाउन सक्रिय छन् ।प्रदेश २ को संसदीय दलका नेताबाट राउतलाई हटाएर मनिष सुमन नेता बन्न लागिपरेका छन् । जसपा प्रदेश २ को संसदीय दलको नेताको हैसियतले राउत मुख्यमन्त्री छन् ।

जसपा विभाजित भइसकेको छ र औपचारिक फुटको मात्र घोषणा हुन बाँकी छ । सुमन ठाकुर पक्षमा छन् । मुख्यमन्त्री राउन उपेन्द्र यादव समूहमा छन् ।जसपाको औपचारिक विभाज भएमा प्रदेश २ मा सत्ता समिकरण परिवर्तन हुनसक्ने सम्भावना छ । मनिष सुमनलाई नेकपा एमालेको साथ हुनसक्छ । मुख्यमन्त्री राउतलाई काँग्रेस र एमालेको माधव नेपाल समूहको साथ हुनसक्छ । सुमनले एमालेबाट साथ पाउने ग्रिन सिग्नल पाइसकेको बुझिएको छ । त्यसैले उनी अगाडि बढ्न खोजिरहेका छन् ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर ओलीलाई साथ दिइरहेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव ओलीविरोधी गठबन्धनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]