०७ आश्विन २०८१, सोमबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, जेठ २०, २०७८

सप्तरी – ईन्टरनेट सेवाका सुविशु कम्पनीले सप्तरीमा ठगी धन्धा चलाएर उपभााृक्तालाई ठगी रहेको पिडित उपभोक्ताले गुनासो पोखेका छन ।

पिडित उपभोक्ताका अनुसार बिशेष प्याक ३ महिना भनेर दिएकाो सेवा एक महिनामा सेवा बन्द भएको जानकारी कम्पनीले दिने गरेको, ईन्टरनेटमा गढपढी भएको पुर्व जानकारी गराउादा पनि लामो समय पछि मात्र प्राबिधिक पठाउने गरेको , ईन्टरनेटमा आएको गढपढीको जानकारी पुर्व गराउदा पनि रकम काटीने गरेको सप्तरीको महादेवा गाउँपालिका –१का सन्तोष मण्डलको आरोप छन । त्यस्तेै ३० दिनको प्याकमा कम्पनीले २५ दिनमै सेवा बन्द गर्ने गरेको महादेवा गाउँपालिका –१ का रामचन्द्र ठाकुरले गुनासाो सञ्चारकर्मी समक्ष गुनासो पोख्नु भयो । उहाँका अनुसार कम्पनीले भनेको प्रतिबद्घता बिपरित सेवा दिएको आरोप लगाउनु भयो । कमपनीका अनुसार जिल्लामा करिब ४÷५ हजार सेवाग्राही रहेको कमपनीका सप्तरी प्रबन्धक महमद अमन अंसारीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा १८ वटै पालिकामा कम्पनीले सेवा प्रवाह गरीरहेको बताउनु भयो । यस जिल्लामा यो समस्या आम रुपमा रहेको पिडित उपभोक्ताहरु बताउँछन ।

कम्पनीले जिल्ला भरी सेवा दिने सम्बन्धित निकायमा सम्झोता गरेता पनि आंशिक रुपमा मात्र सेवा प्रवाह गरी रहेको तिरहुत गाउँपालिका –५का दिनानाथ यादवले बताउनुभयो । उहाँले कम्पनी विभिन्न बहाना देखाएर सेवा जिल्लामा सम्झोता अनुसार प्रवाह नगरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]