३० फाल्गुण २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २१, २०७८

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा जेठ २१ गते शुक्रबार राति एक बजेदेखि लागू हुने गरी जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको छ । प्रजिअ खगेन्द्रप्रसाद रिजालले जिल्लाभर लागू हुने गरी बिहीबार निषेधाज्ञा जारी गरेका हुन् ।

कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञामा उल्लेख भएअनुसार जिल्लामा खाद्यान्न, डेरी, तरकारी र मासु पसल आइतबार, मंगलबार, बिहीबार र शनिबार मात्र बिहान ७ देखि १० बजेसम्म खोल्न पाइनेछ । यस्तै बैंकिङ सेवा बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ ।यसै गरी कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पनि बिहीबार निषेधाज्ञाको अवधि जेठ ३१ गते राति १२ बजेसम्मलाई बढाएको छ । प्रजिअ रामकुमार महतोद्वारा जारी आदेशमा निषेधाज्ञा जेठ २२ गते बिहान १ बजेदेखि लागू हुनेछ ।

आदेशमा बैंक तथा वित्तीय संस्थाहरू आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खोल्न पाउने व्यवस्था गरिएको उल्लेख छ । यसै गरी खाद्यवस्तु, डेरी तथा पेट्रोलियम पदार्थसम्बद्ध पसल आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक मालसामान र निर्माण सामग्री ढुवानी गर्नेबाहेक कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com