भारत पछिल्लाे २४ घण्टामा १ लाख ३२ हजार भन्दा धेरै काेराेना संक्रमिमत थपिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ लाख ३२ हजार ३६४ संक्रमित थपिएका हुन्।याे अवधिमा २ हजार ७ सय १३ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन् भने २ लाख ७ हजार ७१ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।अहिलेसम्म भारतमा २ कराेड ८५ लाख ७४ हजार ३ सय ५० जना काेराेना संक्रमित भएका छन्। ती मध्ये २ कराेड ६५ लाख ९७ हजार भन्दा धेरै निकाे भैसकेका छन्। ३ लाख ४० हजार ७०२ जनाले भने ज्यान गुमाएका छन्।
अहिले भारतमा १६ लाख ३६ हजार सक्रिय संक्रमित छन्। भारतमा २२ कराेड ४१ लाख भन्दा धेरै मानिसहरुलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइएकाे छ।