१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं – पार्टीभित्रको विवाद र आफ्नै गुटभित्रको असन्तुष्टिका बीच जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने भएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको महन्थ पक्षका आठ मन्त्रीको शपथ आजै साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ ।भर्खरै प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच मन्त्री र मन्त्रालयको टुङ्गो लागेपछि उनीहरुलाई शपथ खुवाउन लागिएको हो ।जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुनेहरुलाई कारवाही गर्ने चेतावनी दिएपनि महतोलगायत शरदसिंह भण्डारी अनिल झा राजकिशोर यादवलगायत नेताहरु मन्त्री बन्दै छन् ।यसअघि उपेन्द्र पक्षबाट चुनाव जितेका उमाशंकर अरगरिया र वीरगञ्‍जका विमल श्रीवास्तव पनि महन्थ पक्षमा लागेर मन्त्री बन्दैछन् ।

ओलीको प्रतिगामी कदमलाई साथ दिएको भन्दै अध्यक्ष ठाकुरसहित चार नेतालाई उपेन्द्र पक्षले पार्टीबाट निश्‍काशन गरिसकेको छ भने ठाकुर पक्षले पनि यादवलाई पार्टिबाट निष्‍काशन गरेको जनाएको छ ।

जसपाको विवाद हाल निर्वाचन आयोगमा पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]