एजेन्सी – अफगानी सेनाले दक्षिणी हेलमन्द प्रान्तमा तालिबान लडाकूलाई निशाना बनाएर शुक्रबार गरेको हवाई हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ। सर्वसाधारण नागरिकसमेत परेको उक्त हमलामा मृतकको संख्या बढी हुन सक्ने बताइएको छ। अहिले अमेरिकी र नाटो सेना उक्त क्षेत्रबाट बहिरिने तयारी पूरा भएको छ। यस्तो समयमा भएको संघर्षले अफगानिस्तानमा पुनः हिंसा सुरु हुने चिन्ता बढेको छ।