१३ मंसिर २०८१, बिहिबार
wait Please...
नेपाल समूहका एक नेताका अनुसार स्थायी समिति बैठक बस्दै

नेकपा (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूहको स्थायी समिति बैठक बस्न लागेको छ।

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

नेपाल समूहका एक नेताका अनुसार आज दिउसो १ बजे स्थायी समिति बैठक बस्न लाागेको हो। स्थायी समिति बैठक पनि भर्चुअल माध्यमबाटै बस्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा ब्यापक हेरफेर गरेको भोलिपल्ट नेपालले स्थायी समिति बैठक बोलाएका हुन्। स्थायी समिति बैठकमा सरकारका कामकारबाहीसँगै समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जनाएको छ।यससँगै केन्द्रीय कमिटी बैठकको पनि समीक्षा गरिने जनाएको छ। शुक्रबार र बिहीबार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो।केन्द्रीय कमिटी बैठकमा अब वार्तामा अल्झिराख्नु नपर्नेमा केन्द्रीय सदस्यले जोड दिएका थिए। उनीहरूले नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

नेपालले भने आफू एमाले एकताकै पक्षमा रहेको बताएका थिए। उनले एकताको प्रयास र रुपान्तरणको प्रक्रिया सँगसँगै अघि लग्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]