बाँके – बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०१ पुगेको छ ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीका अनुसार कोरोनाका काराण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको हो । बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको थियो ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगिसकेको छ ।