२८ पौष २०८१, आइतबार
wait Please...
विदेश मंत्रालय : ‘चोक्सीलाई फिर्ता ल्याउन भारत हर संभव प्रयास गर्न जारी राख्नेछ’

चोकसी १३,५०० करोड पन्जाब नेश्नल बैंक (पीएनबी) धोखाधड़ी मामिलाका‌ लागि भारतका सीबीआई र प्रवर्तन निर्देशनालय द्वारा फरार अपराधीको रुपमा वान्टेड छन्।

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

एजेन्सी – भारतले न्याय संगत सजाय दिन फरार अपराधीलाई जसरी पनि देश फिर्ता ल्याउने प्रष्ट पारेको छ।

डोमिनिकन पुलिसको हिरासतमा रहेका भगोडा मेहुल चोकसीबारे प्रश्नको उत्तर दिँदै बिहीबार विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “म जोड दिन चाहन्छु कि भारत भगोडाहरुलाई फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ। अपराधी ले न्यायको सामना अवश्य गर्नुपर्ने छ।”“मेहुल चोकसीको विशिष्ट केसको कुरा गर्ने हो भने उनी डोमिनिकन अधिकारीहरूको कब्जामा छन् र उनी माथि केही कानुनी कारबाही चलिरहेको छ। उनलाई भारत फिर्ता ल्याउन सकियोस् भनेर हर सम्भव प्रयास गरिरहेका छौं।” विदेश मन्त्रालय का प्रवक्ता ले जवाफ दिए।

उनले भने, “यस मुद्दाका बिभिन्न भाग सम्बन्धी सोधिएका प्रश्नहरूको बिभिन्न विवरणका लागि मैले तपाईंलाई गृह मन्त्रालयमा पठाउनुपर्ने हुन्छ,” उनले थपे।चोकसी प्रत्यार्पण सम्बन्धी मुद्दाको सुनुवाईका लागि भारतको आठ सदस्यीय टोली शुक्रबार साँझ नयाँ दिल्लीबाट निजी जेटमा प्रस्थान गरेको थियो। सो टोली शनिबार दिउँसो डोमिनिकामा अवतरण गरेको थियो।

यसको पुष्टि गर्दै एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले भनेका थिए कि भारतमा लाखौं डलरको बैंक घोटालामा संलग्न चोकसी सँग सम्बन्धित केही कागजातहरू लिएर डोमिनिकामा एउटा निजी जेट अवतरण भएको छ।एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्रीका अनुसार, भारतीय अधिकारीहरू बुधवार (२ जून) मा भएको अदालतको सुनुवाईका लागि पुगेका थिए। किनकी डोमिनिका अदालतले उनको निर्वासनमा रोक लगाएको थियो।

चोकसी १३,५०० करोड पन्जाब नेश्नल बैंक (पीएनबी) धोखाधड़ी मामिलाका‌ लागि भारतका सीबीआई र प्रवर्तन निर्देशनालय द्वारा फरार अपराधीको रुपमा वान्टेड छन्। उनी मे २३ देखि टापु देशबाट हराइरहेका थिए। उनको लागि ठूलो स्तरमा खोजी अभियान चलाइएको थियो। उनलाई मे २६ मा डोमिनिका मा पक्राउ गरिएको थियो।
स्रोत : ईन्डीया नेव्स नेटवर्क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]