काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सरकार वातावरणीय चक्र खलबलाउन उद्यत रहेको उनको आरोप छ ।
शनिबार विश्व वातावरण दिवसको अवसरमा ट्विट गर्दै उनले पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुने जनाएका हुन् । वातावरण बचाउन हरेकले पहल गर्न उनको आह्वान छ ।
पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ।हाम्राे वातावरण बचाउँन हरेकले पहल गरौ।
तर सरकार हाम्राे चुरेकाे गिट्टी,वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबलाउँदैछ।यस्ता निर्णय फिर्ता लिऊ। #WorldEnvironmentDay काे शुभकामना।
— Sher Bahadur Deuba (@SherBDeuba) June 5, 2021