विराटनगर – मोरङको विराटनगरस्थित बाल सुधारगृहमा रहेका बालकमा कोरोनाभाइरसको संक्रमण पाइएको छ ।
गृहका ५० बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । यही जेठ २ गते एक बालकमा संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा अरुको समेत पीसीआर परीक्षण गरिएको थियो ।संक्रमति बालकलाई विराटनगर महानगरपालिकाको आइसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधारगृहका अरु बालकमा लक्षण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।
बालबिझ्याईंसम्बन्धी मुद्दामा अदालतले फैसला गरी सजाय सुनाएका बालकलाई बाल सुधारगृहमा राख्ने गरिन्छ ।