१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ २४, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट एक मन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारी भइरहेको छ ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्रसँग वार्ता गरिरहेका छन् । जसपाका एक नेताका अनुसार काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट एकजना गरी तीनजनाको आजै वा भोलीसम्म सपथ हुने तयारी भइरहेको छ ।काँग्रेस र माओवादी केन्द्र सरकारमा आउने सहमति जनाइ सकेको छ, अब कुन कुन मन्त्रालय दिने विषयमा छलफल भइरहेको बताइएको छ । काँग्रेसबाट रामसरोज यादवको र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा जाने लगभग तय भइसकेको छ ।काँग्रेस धनुषाका सभापति सरोज यादवका अनुसार जसपा र काँग्रेसको बीचमा वार्ता चलिरहेको छ । सरकारमा जाने तय भइसकेको छ । अहिले ६ वटा मन्त्रालय रहेका छन् त्यसलाई बढाउने कुरा भइरहेको छ । कुन मन्त्रालय भत्काउने कुन मन्त्रालय राख्ने विषयमा छलफल भइरहेको छ ।

मन्त्रालयमा कुरा मिल्यो भने आज या भोलिसम्ममा सपथग्रहण हुने तयारी पनि भइरहको उनले जानकारी दिए । जसपाबाट तीन र काँग्रेसबाट तीन गरी ६ सदस्यीय कार्यदल गठन गरी वार्ता चलिरहेको छ । प्रदेश २ को मन्त्रालय संख्या १० पुर्याउने तयारी पनि भइरहेको छ । यसअघि ६ वटा मन्त्रालय थियो । अब चारवटा थपेर १० वटा बनाउने तयारी भइरहेको छ । स्रोतका अनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्राएर थप चारवटा मन्त्रालय बनाउने तयारी रहेको छ ।अहिले त्यही विषयमा बिहानैदेखि छलफल भएको छ । यसैगरी, सरकारलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको नेतृत्वमा तीन सदस्य कार्यदल पनि गठन गरिएको छ ।

आइतबार उपेन्द्र यादवको उपस्थितिमा बसेको एक बैठकले साहको संयोजकत्वमा गठन भएको कार्यदलमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश यादव र समाजिक विकास मन्त्री नवलकिशोर साह सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]