काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धन(अन्तराष्ट्रिय)को मूल्य २० प्रतिशत घटाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्योग मन्त्रालयमर्फत निगमलाई हवाइ इन्धनको मुल्य घटाउन निर्देशन दिएको थियो। आज रातिदेखि लागू भएको नयाँ मूल्य सूचीअनुसार अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य १७८ डलर घटेर प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ।