१३ मंसिर २०८१, बिहिबार
wait Please...
प्रदेश २ सरकारमा सत्ता साझेदारीका लागि नेपाली कांग्रेसले बराबरीको भाग माग

माओवादी केन्द्रलाई पनि एक मन्त्री र एक राज्यमन्त्री !

KChhaKhabar

सोमबार, जेठ २४, २०७८

जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सत्ता साझेदारीका लागि नेपाली कांग्रेसले बराबरीको भाग माग गरेको छ। सरकारमा सहभागीका लागि कांग्रेसले कुल मन्त्रालयको आधा मन्त्रालय दिनुपर्ने प्रस्ताव अघि सारेको हो।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका ४ जना मन्त्रीलाई आइतबार राति बर्खास्त गरी सरकारमा कांग्रेसलाई सहभागी गराउन छलफल थालेको हो।सत्ता साझेदारी सम्बन्धमा वार्ताको लागि सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेका छन्।सरकारी वार्ता टोली र कांग्रेसको तर्फबाट सचेतक कुशवाह, प्रदेश सांसद शिवचन्द्र चौधरी र वीरेन्द्र सिंहबीच आज बिहान भएको पहिलो चरणको वार्तामा कांग्रेसले ५० प्रतिशतको भाग खोजेको बताइएको छ।

सरकारमा सहभागी हुने विषयमा जसपाका मन्त्रीहरूसँग पहिलो चरणको छलफल भएको नेपाली कांग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहाले बताए। उनले पहिलो चरणको छलफलमा मन्त्रालय टुक्रयाएर सत्ता साझेदारीका लागि मन्त्रालय बाँडफाँटका सन्दर्भमा छलफल भएको जानकारी दिए।शक्ति सन्तुलनको हिसाबमा तत्कालीन राजपा र समाजवादीबीच गठबन्धन भएजस्तै मोडेलमा कांग्रेस जान खोजेको छ। ‘तर, कुन मन्त्रालय लिएर कसलाई सरकारमा पठाउने विषय संसदीय दलको नेता र केन्द्रीय नेताले तय गर्ने हो,’ कुशवाहाले भने।त्यसैगरी सरकारले कुन कुन मन्त्रालय टुक्रयाउने आज साँझ पुनः हुने वार्तामा टुंगो लाग्ने बताइएको छ।

त्यस्तै माओवादी केन्द्रलाई पनि एक मन्त्री र एक राज्यमन्त्री दिने बताइएको छ। यद्यपि त्यसबारे टुंगो लागिसकेको छैन। प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुअघि नै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]