१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०६, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ। गत २४ घण्टामा मात्र ६ सय ३४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
४३ जिल्लाका १ सय ८२ महिला र ४ सय ५२ पुरुष गरी ६ सय ३४ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश १ को ६ वटा जिल्लाका १ सय ५ जनामा कोरोना पुष्टि भएको छ। इलामका १, झापाका १३, भोजपुरका ३, मोरङका ५२, संखुवासभाका १ र सुनसरीका ३१ जनामा कोरोना पुष्टि भएको हो।

प्रदेश २ को ८ वटा जिल्लामा १ सय १४ जनामा कोरोना भेटिएको छ। धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १ र सिराहामा ३५ जनामा कोरोना भेटिएको हो।
२४ घण्टामा बागमतीमा प्रदेशमा २ सय ८७ जना संक्रमित भेटिएका छन्। १० वटा जिल्लामा गरी २ सय ८७ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ सय ६०, काभ्रेमा ३, चितवनमा २७, दोलखामा ४, धादिङ र नुवाकोटमा २÷२, भक्तपुरमा ५०, मकवानपुरमा ३२, ललितपुरमा ६ र सिन्धुलीमा १ जना संक्रमित भेटिएका छन्।

यस्तै, कास्की प्रदेशमा ५ वटा जिल्लामा २३ जना संक्रमित फेला परेका छन्। कास्कीमा १६, तनहुँमा २, नवलपरासी पूर्वमा ३, बागलुङमा १ र स्याङजामा १ जना संक्रमित फेला परेका हुन्।
प्रदेश ५ को ८ वटा जिल्लाका ७९ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुका १५, नवलपरासीका ३, पाल्पा र प्युठानका १÷१, बर्दियाका ७, बाँकेका २८, रुपन्देहीका २३ र रोल्पाका १ जनामा कोरोना पुष्टि भएको हो।
गत २४ घण्टामा कर्णाली प्रदेशको तीन वटा जिल्लामा १० जनामा कोरोना पाइएको छ। जुम्लाका २, सल्यानका ६ र सुर्खेतका २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको पनि तीन वटा जिल्लामा मात्र कोरोना भेटिएको छ। कैलालीमा १४ र डडेल्धरा र डोटीका १÷१ जनामा गरी १६ जनामा कोरोना भेटिएको हो।
कुल संक्रमितमध्ये १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्। जसमध्ये ८ हजार ७ सय ५ जना संस्थागत होम आइसोलेसनमा छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ५ लाख ९२ हजार ४ सय १८ पुगेको छ। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ११ हजार ६ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]