सरकारले आज मंगलवारदेखि देशैभर कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
६० वर्षदेखि ६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।केही दिनअघि चीनले नेपाल सरकारलाई सहयोग स्वरूप १० लाख डोज खोप उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ६०–६५ वर्ष उमेर समूहलाई लगाउने खोप देशैभरका खोप केन्द्रमा पुगिसकेको बताए ।६०–६४ वर्ष उमेर समूहका करीब ८ लाखमध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको सहप्रवक्ताले जानकारी दिए ।८ लाखमध्ये ३ लाखले विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा ५ लाख जना ज्येष्ठ नागरिकले खोप लगाउने स्पष्ट पारे ।
सहप्रवक्ता अधिकारीले खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानुपर्ने बताए । यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने बताए ।