एजेन्सी- पाकिस्तानमा कोरोना संक्रमणमा गिरावट आएपछि विद्यालयहरु खुल्न थालेका छन्। पन्जाब र खैबर पख्तुनख्वालगायत अधिकांश प्रान्तमा सोमबारदेखि शैक्षिक संस्थाहरु खुल्न थालेका हुन्।
पाकिस्तानमा सोमबार २४ घण्टामा ५८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। सोही अवधिमा त्यहाँ १४९० जनामा संक्रमण देखिएको थियो। हालसम्म ४७,३७६ ले कोरोनाका कारण ज्यान गुमाएको पाकिस्तानमा ९,३३,६३० जना संक्रमित भएका र ८,४६,९३१ जना उपचारपछि निको भएका छन्।