काठमाडौं – कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश–१ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्ने माग गरेका छन् ।
आजको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेशको नामाकरण गर्न नसक्ने,कोभिडबाट पीडित जनतालाई राहत र उद्दारको व्यवस्था गर्न नसक्ने र जालझेल गरिरहने मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताए।