इजरायलविरुद्ध मैत्रीपूर्ण खेलमा पोर्चुगलले जित निकालेको छ। पोर्चुगलमा सम्पन्न खेलमा घरेलु टिमलाई ४–० गोलको जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरेका थिए।
इजरायलविरुद्ध सानदार जित निकालेसँगै पोर्चुगलले युरो कपको तयारी पनि अन्तिम चरणमा पुर्याएको छ।खेलको ४२औं मिनेटमा जोआ क्यान्सेलोले दिएको पासलाई फर्नान्डेसले गोल गरेका थिए। त्यसको दुई मिनेटमै फर्नान्डेसले सिर्जना गरेको अवसरमा रोनाल्डोले गोल गरेर पहिलो हाफमा पोर्चुगललाई ४–० गोलको अग्रता दिलाए।
खेलको ८६औं मिनेटमा गोन्कालो गिएड्सको एसिस्टमा क्यान्सेलोले गोल गरे भने चोटिल समयमा फर्नान्डेले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै पोर्चुगलले ४–० गोलको सहज जित निकाल्यो।पोर्चुगलले आगामि मंगलबार युरो कपको पहिलो खेलमा हंगेरीसँग खेल्दैछ।