२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

एजेन्सी – अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् ।घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसंख्य समुदाय हो । हालैका वर्षहरुमा उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]