०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

सप्तरी – बिहीवार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. १०० ले बढेको सुनको भाउ बिहीवार रू. ३०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला रू. १ हजार ३५० मा कारोबार भएको चाँदी बिहीवार रू. ५ ले बढेर रू. १ हजार ३५५ खरीदविक्री भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]