२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २८, २०७८

एजेन्सी – फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई थप्पड हान्ने डेमिएन टारेललाई त्यहाँको एक अदालतले चार महिनाको कारावास सजाय दिएको छ ।

उनलाई अन्य सजाय पनि दिइएको छ । बिहीवार ती २८ वर्षीय व्यक्ति अदालतमा उपस्थित भएका थिए । उनीमाथिको सुनुवाइ निकै द्रुत गतिमा गरिएको थियो । उनीविरुद्ध सार्वजनिक अधिकारीलाई आक्रमण गरेको आरोप छ जसको सजाय अधिकतम तीन वर्षको कारावास सजाय र ४५ हजार युरोको जरिवाना हुन्छ । अभियोजनकर्ताहरूले उनका लागि १८ महिनाको कारावासज सजायको मागदाबी गरेका थिए र अन्य जरिवाना पनि लगाउन माग गरेका थिए ।
अदालतले उनीहरूको कुरा मान्दै उनलाई चार महिना कारावास बस्न अनि १४ महिना श्रम गर्न, मनोवैज्ञानिक परामर्श लिन तथा कानून तोड्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । उनले अबको पाँच वर्षसम्म हतियार बोक्न पाउने छैनन् । तीन वर्षसम्म उनले सरकारी जागिर खान पाउने छैनन् र अन्य नागरिक अधिकार पनि उपयोग गर्न पाउने छैनन् ।

टारेलले राजनीतिक उद्देश्यका साथ म्याक्रोंलाई थप्पड हानेको बताए । फ्रान्सको पतनलाई म्याक्रोंले प्रतिनिधित्व गरेको र उनलाई दण्ड दिनका लागि थप्पड नै उपयुक्त भएको तर्क उनले गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]