काठमाडौँ – एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा दण्ड दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले ट्वीट गर्दै वैद्यको अपराधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र मौन रहेको समेत उल्लेख गरेका छन् ।‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले ।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ । प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ,’ थापाले भनेका छन् ।
काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।
नराेत्तम वैद्यले अपराधिक मनसायका साथ बाेले।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र माैन छन्,कसैले बाेली फिर्ता लिन र आत्मालाेचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसाे भनेकाे पाइन्छ।प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम
बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ।— Surya Thapa (@ThapajiSurya) June 12, 2021