१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिएको भन्दै कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तुरून्त पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार वाग्मती प्रदेशसभामा सम्बोधन गर्दै वैद्यले ओलीले सत्ता जोगाउन जे पनि गरिरहेकाले देश जोगाउन नाथुराम गोड्से बन्न आफू तयार रहेको बताएका थिए ।लगत्तै नेता बस्नेतले उनलाई तुरून्त पक्राउ गरि कारबाही नगरिए एमाले नेताको रक्षाका लागि कार्यकर्ता जे पनि गर्न तयार रहेको चेतावनी दिएका छन् ।उनले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मार्ने षडयन्त्र बनाएको हो भन्दै कांग्रेसलाई प्रश्न समेत गरेका छन् ।

‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन् । त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ ।

के पी ओलीलाई मार्ने योजना बनाईरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]