१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

काठमाडौँ – नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका छन् । बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
“उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।-रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]