अमेरिकामा यसैहप्ताको बिहीबार फ्लोरिडामा भएको गोलीकाण्डमा एक वर्षका नाबालक र ६९ वर्षकी एक महिलाको मृत्यु भएको छ।
ती नाबालक महिलाकै नाति भएको बताइएको छ। सीएनएनका अनुसार एउटा ग्रोसेरी स्टोरमा भएको गोलीकाण्डमा ती ६९ वर्षकी महिलालाई हत्या गर्न अगाडि बन्दुकधारीले उनका एक वर्षको नातिमाथि गोली प्रहार गरेका थिए बालक र महिलालाई गोली हानेर हत्या गरेपछि ती पुरुष आफैंले पनि आत्महत्या गरेका थिए।
पाल्म बिच काउन्टी सेरिफ अफिसका अनुसार यो घटनामा संलग्न व्यक्ति ५५ वर्षका टिमोथी जे वाल हुन् । उनले ती नाबालक र महिलामाथि किन गोली प्रहार गरे भन्नेबारेमा अहिलेसम्म खुल्न सकेको छैन। साथै बन्दुकधारी र मृतकबीच कुनै सम्बन्ध नभएको पनि बताइएको छ।हाल हत्याराले आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरिसकेकाले यो घटनाको उद्देश्य के थियो भनेर प्रहरीले अनुसन्धान गरिरहेका छन्।