सप्तरी – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन।
स्वास्थ मन्त्रालयका अनुसार १४ हजार ४९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन्। २४ घण्टामा संक्रमितको तुलनामा दोब्बर संख्यामा निको भएका छन्। निको हुनेको संख्या ६ हजार २९५ रहेको छ।
यस्तै काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ गरी उपत्यकामा ५९८ जना संक्रमित भएका छन्।