२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

दोहा – चर्को घाममा श्रमिकलाई काम लगाउने कतारका थप ४४ कम्पनी कारबाहीमा परेका छन् ।

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ४४ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।मन्त्रालयले जुन ४ देखि ९ तारिखसम्म निरीक्षण गर्दा ती कम्पनीहरु कारबाहीमा परेको जनाएको छ । यसअघि पनि मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गर्दा ५४ वटा कम्पनीहरु कारबाहीमा परिसकेका छन् ।योसंगै घाममा काम लगाउने ९८ वटा कम्पनीहरु कारबाहीमा परिसकेको मन्त्रालयले जनाएको छ । कतारमा खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा यसघि नै तोकेको थियो ।

खुल्ला कार्यक्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखि अपराह्‍न ३ बजे सम्मका अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनुपर्ने छ।गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]