१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने भएका छन् । जी सेभेन सम्मेलनका क्रममा राष्ट्रपति बाइडेनले रुसी समकक्षी पुटिनसँग भेट गर्ने भएका हुन् ।

राष्ट्रपतीय निर्वाचनको क्रममा रुसले हस्तक्षेप गरेको आरोपपछि तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रप्रमुखहरूबीच बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो ।बाइडेन र पुटिनबीच भेट जुन १६ बुधबार हुने तय भएको छ । समाचार संस्था रोयटर्सका अनुसार पुटिनसँगको भेटपछि राष्ट्रपति बाइडेनले एकल पत्रकार सम्मेलन गर्नेछन् । दुई राष्ट्रपति बीचको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ । भेटमा पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड–१९ महामारीविरुद्धको लडाईँमा सहकार्य गर्ने विषयमा कुरा गर्न सक्ने बताइएको छ ।

दुई राष्ट्रपतिबीच भेटघाटमा भएका कुरालाई पारदर्शी रूपले सम्प्रेषण गर्न बाइडेनले एक्लै पत्रकार सम्मेलन गर्न लागेको समाचारमा जनाएको छ । यसअघि सन् २०१८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग फिनल्यान्डको हेल्सिन्कीमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]