युरोकपको पहिल खेलको संघारमा पोर्चुगललाई ठुलो झट्का लागेको छ ।
म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने डिफेन्डर जोआओ क्यान्सेलो युरोकपबाट बाहिरिएपछि पोर्चुगललाई ठुलो झट्का लागेको हो ।कोरोना पोजेटिभ देखिएपछि क्यान्सेलो युरोकपबाट बाहिरिएको पोर्चुगल फुटबल फेडेरेसनले जानकारी गराएको छ । अब क्यान्सेलोको ठाउमा डिओगो डालोटलाई टिममा बोलाइएको छ । बर्षिय क्यान्सेलोले सिटीलाई यस बर्ष प्रिमियर लिग र कारबाओ कप जिताउन महत्वपूर्ण भूमिका खेलेबापत पोर्चुगलको युरोकप खेल्ने २६ सदस्यीय टिममा समावेश गरिएको थियो ।
पोर्चुगलले युरोकप अन्तर्गत मंगलबार हंगेरीको सामना गर्नु अघि क्यान्सेलोको बहिर्गमनले टिम असन्तुलित हुनसक्ने विश्लेषण गरिएको छ ।क्यान्सेलोको ठाउमा आएका डालोटले भने पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका हुन् । उनी पोर्चुगलको यू-२१ टिममा रहेका थिए ।
हंगेरीको स्वास्थ्य मापदण्ड र युइएफएले तय गरेको मापदण्ड अनुसार क्यान्सेलो १० दिनको क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि उनको सत्तामा डालोटलाई अवसर दिइएको पोर्चुगल फुटबल फेडेरेसनले जनाएको छ ।