एजेन्सी – पाकिस्तानको विभिन्न क्षेत्रमा ठूलो वर्षा र हुरीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ। खराब मौसमका कारण खैबर पख्तुनख्वामा पाँच, बलुचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो। यसैबीच, बलुचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा चट्याङले एक महिलासहित तीन जनाको मृत्यु भएको जियो न्युजले जनाएको छ। खराब मौसमका कारण ग्रामीण क्षेत्रसँग सहरको सम्बन्ध टुटेको छ।