१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

सर्लाही – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सर्लाहीमा सदस्यता विवाद चुलिएको छ । यहाँ एक पक्षले अर्को पक्षको सदस्यता रोक्ने प्रयास गरिरहेका छन् ।

आफ्नो पक्षको सदस्यताको डकुमेन्ट पूरा गर्ने अर्को पक्षको डकुमेन्ट र फाराम नै लुकाएर राख्ने जस्ता कामले दुई पक्षबीचको दूरी बढ्दै गएको छ । कांग्रेसको अधिवेशन भदौमा तोकिएको छ । कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने निवर्तमान सभापति लक्ष्मण राय रामचन्द्र पौडेल निकट । उनीहरू दुवै गुट उपगुटमै रुमल्लिएका छन् । सभापति रायले पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान सभापति रायको आरोप छ ।सभापति रायले जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए । रायले अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए ।

‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान सभापति रायले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’ अर्का पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखे । उनले विगतमा संघर्ष गरेर पार्टी एकढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए ।सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए । ‘निकै संघर्ष गरेर हामीले पार्टीलाई जिल्लामा यो तहसम्म पुर्‍याएका हौं, तर अहिले विभिन्न किसिमको गुट उपगुट हाबी भएको छ, यसले समग्र रूपमा पार्टीलाई नै अहित गर्छ,’ उनले भने । कांग्रेसका असन्तुष्ट नेताहरूले सदस्यता विवाद तत्काल समाधान गर्दै आफूले गरेको गल्ती सच्याउन आग्रह गरे ।

जिल्ला सभापति रायले निवर्तमान सभापति रायले महाधिवेशन प्रतिनिधिमा हार्ने डरले विभिन्न किसिमको जालझेल तथा प्रपञ्च रचेको आरोप लगाए । उनले जिल्लाबाट क्षेत्र नम्बर २ का सभापति दिनेश मिश्रले सदस्यताका लागि लगिएको फाराम आम सदस्यलाई भर्नुको साटो निवर्तमान सभापतिको घरमा राखेको दावी गरे । सभापति रायले अर्को गुटबाट विभिन्न किसिमको जालझेल हुन थालेपछि आफूले पनि उनीहरूको वर्चस्व रहेको स्थानको नवीकरण र नयाँ सदस्यता रोकेको स्वीकार गरे । उनले विवाद समाधानका लागि पटकपटक पहल गरे पनि उनीहरू नमान्ने र विभिन्न किसिमको प्रपञ्च रच्ने काम गर्दै आएको बताए ।

‘उनीहरूले आठ स्थानमा सदस्यता र नवीकरणका लागि फाराम वितरण गर्न मानेनन्, उनीहरूले त्यसो गरेपछि मैले पनि एक दुई ठाउँमा रोके,’ उनले भने, ‘विवाद मिलाउन केन्द्रीय नेताहरू राखेरसमेत छलफल गरे पनि उनीहरू मान्न तयार भएका छैनन् ।’ जिल्लाका दुवै पक्षका नेता गुट उपगुटमा रुमल्लिँदा कार्यकर्ताको मनोबल भने खस्दै गएको छ । यसले संगठनलाई पनि क्षति पुगिरहेको आम कार्यकर्ताको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]