२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

कर्णाली – कर्णाली प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन सुझाव दिएका छन् ।
कर्णाली प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार छलफलका क्रममा बोल्ने प्रदेशसभा सदस्यहरुले विगतमा नीति कार्यक्रम एउटा हुने र बजेटमा अर्कै कुरा आउने गरेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिएका हुन् ।
प्रदेशसभामा बोल्ने सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका सदस्यहरुले विगतका वर्षहरुमा जस्तै नगरी नीति कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिए । यस्तै प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बजेट वितरणमुखी र देखाउन ल्याइएको तर कार्यान्वयन हुनेमा शंका रहेको बताएका छन् ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले पुँजीगत विकास भन्दा वितरणमुखी कार्यक्रम धेरै ल्याइएको भन्दै बजेटमा विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । “यो नीति तथा कार्यक्रम पुँजीगत विकासमा होइन भरन पोषणमा केन्द्रीत छ” उनले भने, “बजेट ल्याउदा चाँही त्यसलाई सच्याएर ल्याउनुहुनेछ ।”
पुँजीगत खर्च बढाएर आफ्नो आयस्रोत बढाउनमा ध्यान केन्द्रीत गर्नुपर्ने उनको सुझाव छ । विनियोजन विधेयकमा राखिएका प्राथमिकता, सिद्धान्त र नीति भन्दा बाहिर गएर नीति तथा कार्यक्रम ल्याइएको कँडेलको भनाइ छ । नीति तथा कार्यक्रम वस्तुस्थितिसंग मिल्ने खालको नभएको भन्दै लोकप्रियताका लागि भन्दा कार्यान्वयन गर्ने खालका कार्यक्रम समेटेर बजेट ल्याउनुपर्ने कँडेलले बताए । एमालेकै सांसद पदमा खड्काले वितरणमुखी र अनियमिता हुनसक्ने खालका कार्यक्रम ल्याएको भन्दै कार्यान्वयन गर्न सक्ने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइन् । सांसद् पदम रोकाय वितरणमुखी, निर्वाचन र पार्टीमुखी तथा गुटगत योजना आउने सम्भावना देखिएका भन्दै यस्ता कार्यक्रम नल्याउन आग्रह गरे । राप्रपाकी एक मात्र सांसद शोशिला शाहीले वितरणमुखी नीति तथा कार्यक्रम ल्याएको भन्दै दीर्घकालिन विकास गर्ने खालको बजेट ल्याउनुपर्ने बताइन् ।
नेकपा माओवादी केन्द्रका सांसद ठम्मर बिष्टले यसअघि कार्यान्वयन सुरू नै नभएका कार्यक्रमलाई निरन्तरता दिइएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सांसदहरुले सांसदहरुले वितरण गर्ने गरि विगतका जनता सडकलगायतका कार्यक्रमलाई निरन्तरता दिन पनि माग गरेका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवै तिरका सांसदहरुले यस्तो माग गरेका हुन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी बजेटमा समेट्नुपर्ने केही योजनाहरुको माग गर्दै मुख्यमन्त्रीलाई माग पत्र पेश गरेका छन् । नीति तथा कार्यक्रममाथि सोमबारको बैठकमा पनि छलफल गर्ने कार्यतालिका रहेको छ । प्रदेशसभा बैठक दिउसो २ बजे बोलाइएको छ ।

३० अर्बको बजेट ल्याउने तयारी
कर्णाली प्रदेशसभाले ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । सोही अनुसार मन्त्रालयहरुबाट योजना माग गरी बजेट निर्माण गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
बजेट कार्यान्वयनमा समस्या रहेकाले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने खालको बजेट ल्याउने दावी गरेको छ । तर प्रदेशसभामा शनिबार पेश गरिएको नीति तथा कार्यक्रममा भने प्रदेशसभा सदस्यहरुले विगतमा कार्यान्वयन गर्न नसकेका र वितरणमुखी कार्यक्रम बनाएको भन्दै बजेटमा सच्याएर ल्याउन सुझाव दिएका छन् ।
संवैधानिक व्यवस्था अनुरुप असार १ गते मंगलबार प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]