१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

पाल्पा – पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। तानसेन नगरपालिका–१ भुसलडाँडाकी ३६ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सोमबार राति पौने तीन बजे मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता कृष्णप्रसाद पराजुलीका अनुसार ती महिलालाई श्वासप्रश्वासको समस्या आएपछि पाँच दिनअघि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो। अक्सिजनको मात्रा कम भएपछि उनलाई थप उपचारका लागि गत आइतबार लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको थियो। भेण्टिलेटरमा राखेर ती महिलाको उपचार भइरहेको थियो। महिलाको शव स्वास्थ्य मापदण्डको पालना गरेर परिवारका सदस्यले आजै राम्दीघाटमा दाहासंस्कार गर्ने जनाइएको छ।

यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ। सोमबारसम्म पाल्पामा कोरोना संक्रमितको संख्या ६ हजार ५५५ पुगेको छ। संक्रिय संक्रमितको संख्या ७०० रहेको छ। जसमध्य ५३ जनाको अस्पतालमा उपचार भइरहेको छ। ६४७ जना होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]