२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

काबुल – अफगानिस्तानको पूर्वी क्षेत्रस्थित स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्दा चार जना मारिएका छन् । नांगारहार क्षेत्रस्थित पोलियो थोपा अभियानका स्वास्थ्यकर्मीमाथि लक्षित गर्दै मंगलबार आक्रमण भएको हो ।

तीन महिनाको अवधिमा खोपका कर्मचारीहरुमाथिको यो दोस्रो आक्रमण हो । सरकारी अधिकारीहरुले भने यस घटनालाई तालिबान आक्रमण भन्दै आरोप लगाएका छन् । तर तालिबान समूहले यस आक्रमण आफूले गरेको कुरा अस्वीकार गरेको छ अफगानिस्तान, पाकिस्तान लगायत छिमेकी देशमा पोलियो तथा अन्य विभिन्न खोप अभियान सञ्चालनमा भए पनि ती देशमा यस्ता खोपबारे अफवाह समेत फैलाइएका छन् ।मंगलबार खग्यानी जिल्लामा भएको आक्रमणको क्रममा दुई खोप कर्ताहरु मारिनुका साथै एक जना घाइते छन् । जवकि दुई जना सुर्खोड क्षेत्रमा मारिएका थिए ।

यस्तै प्रान्तीय राजधानी जलालवादमा तीन जना खोपकर्ता घाइते भएका छन् । नांग्रहार प्रान्तमा पोलियो खोपकर्मीहरुमाथि बारम्बार आक्रमण भएपछि उनीहरुलाई त्यस क्षेत्रमा जानबाट रोकेको पनि सरकारी अधिकारीले बताएका छन् । जलालबादमा तीनजना पोलियो कर्मीहरु मारिएको तीन महिना नपुग्दै यस्तो हमला भएको हो । अफगानिस्तानका विभिन्न स्थानमा पोलियो कर्मीहरुमाथि बारम्बार यस्ता आक्रमण हुने गरेका छन् । तर अफगान सरकार र अमेरिकी अधिकारीले भने यस्ता हमलामा तालिबानलाई जिम्मेवार भन्दै आरोप लगाउने गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार तालिबान समूहले आफ्नो प्रभाव क्षेत्रमा स्वास्थ्यकर्मीहरुलाई घरघरमा पुगेर खोप लगाउने काम रोक्ने गरेको छ ।

“हामी यस्तो अवस्थामा पुगेका छौँ कि व्यवस्थित रुपमा जागिर खाएर हाम्रो र हाम्रा बालबालिकाको जीवन बचाउन आएका चिकित्सक, नर्स, खोपकर्मीहरु, मानवअधिकार रक्षकहरु नै मारिने गरेका छन्,” स्वतन्त्र मानवअधिकार आयोगका प्रमुख शाहरजाद अकबरले बताए । उनले भनेका छन् “यहाँ न कुनै प्रभावकारी रोकथामको संयन्त्र छ न त दोषीमाथि दण्ड सजाय नै ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]