२७ पौष २०८१, शनिबार
wait Please...
युरोकप फुटबलमा रसियाको पहिलो जित

युरोकपअन्तर्गत बुधबार भएको खेलमा बलका लागि प्रतिस्पर्धा गर्दै रसिया र फिनल्यान्डका खेलाडी।

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

एजेन्सी – रसियाले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा फिनल्यान्डलाई १–० गोलले पराजित गर्दै रसियाले युरोकपमा पहिलो जित निकालेको हो।

पहिलो खेलमा विश्व नम्बर एक बेल्जियमसँग ३-० गोलले पराजित भएको रसियाले पहिलो पटक युरोकप खेलिरहेको फिनल्यान्डलाई पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो। रसियाको जितमा एरेक्सी मिरानचुकीले निर्णायक गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा आर्टेम डेजुबाको पासमा गोल गरेका थिए। फिनल्यान्डले खेलको चौथो मिनेटमै गोल गरे पनि त्यसले मान्यता पाउन सकेन। जोएल पोहजानपालोले गरेको गोललाई रेफ्रीले भीएआरको सहयोगमा अमान्य घोषित गरेका थिए। जितसँगै रसियाले दुई खेलबाट तीन अंक जोडेको छ। समूह ‘बी’मा दोस्रो स्थानमा रहेको रसियाले अन्तिम १६ मा पुग्ने सम्भावना पनि कायमै राखेको छ। यस समूहमा तीन अंक जोडेको बेल्जियम पहिलो, दुई खेलमा तीन अंक नै जोडेको तेस्रो र अंक जोड्न नसकेको डेनमार्क अन्तिम स्थानमा छन्।

साविक विजेता पोर्चुगलले पनि प्रतियोगितामा सुखद सुरुआत गरेको छ। युरोकपअन्तर्गत समूह ‘एफ’को खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गर्दै सुखद सुरुआत गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा रफायल गुरेर्रोले एक गोल गरेका थिए।बुडापेस्टको पुस्कास एरिनामा ६० हजार दर्शकको उपस्थितिमा भएको खेलमा साविक विजेता पोर्चुगलले गोलका लागि ८४ मिनेटसम्म पर्खनु परेको थियो। सुरुदेखि आक्रमण खेल पस्किए पनि हंगेरीका डिफेन्सले पोर्चुगलका समर्थकलाई निरास पारेका थिए। पहिलो हाफमा कप्तान क्रिस्टियानो रोनाल्डो पटकपटक चुक्दा पोर्चुगलले गोलका लागि संघर्ष गर्नु परेको थियो।पहिलो हाफमा रक्षात्मक खेल खेलेको हंगेरी दोस्रो हाफमा आक्रमणमा उत्रिएको थियो। जसका कारण पोर्चुगलको पोस्टमा लगातार आक्रमण भएको थियो। ८०औं मिनेटमा स्जाबोल्स सोहोनले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए। त्यसअघि पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेन।

खेलको ८४औं मिनेटमा पोर्चुगलले गोलको खाता खोलेको थियो। रफायल गुरेर्रोले गोल गदैै पोर्चुगललाई अग्रता दिलाएका थिए। पहिलो गोल गरेको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको मौका पाएको थियो। राफा सिल्भालाई हंगेरीका विली अर्बानले फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो। जसलाई कप्तान क्रिस्टियानो रोनाल्डोले सदुपयोग गर्दै गोल गरेका थिए। खेलको इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ३–० जित दिलाएका थिए। डीबक्सभित्र उत्कृष्ट ड्रिबिङ गर्दै रोनाल्डोले वान भर्सेस वानमा गोल गरेका थिए। हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। उनले युरोकपमा अहिलेसम्म ११ गोल गरिसकेका छन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको नौ गोलको कीर्तिमान तोडेका हुन्। रोनाल्डोले पोर्चुगलका लागि १ सय ६ गोल गरिसकेका छन्। जितसँगै समूह ‘एफ’मा रहेको पोर्चुगलले महŒवपूर्ण तीन अंक जोडेको छ। पोर्चुगल समूहको शीर्ष स्थानमा छ। साविक विजेतासँग फराकिलो हार बेहोरेको हंगेरी अन्तिम स्थानमा छ। युरोकपको साविक उपविजेता फ्रान्सले पनि प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोलले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो। जर्मनीका माट हुमेल्सले आत्मघाती गोल गरेका थिए। डिफेन्डर हुमेल्सले २०औं मिनेटमा आत्मघाती गोल गरेका थिए। फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्ट्मा गोल गरेका थिए। उनको त्यही गोल खेलको निर्णायक बनेको थियो।निकै प्रतिस्पर्धातमक खेलमा फ्रान्सले गरेको दुई गोलले भने मान्यता पाएन। खेलको ६६ औं मिनेटमा केइलिन एमबाप्पेले गोल गरेका थिए। त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए। खेलको ८५औं मिनेटमा पनि एमबाप्पेको पासमा करिम बेन्जेमाले गोल गरेका थिए। त्यो गोलले पनि भीएआरको सहायतामा मान्यता पाएन। त्यसलाई पनि रेफ्रीले अफसाइड दिएका थिए।
घरेलु टोली जर्मनीले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो। खेल अवधिभर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुक्दा निरास बन्नु परेको थियो।यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमै पराजित भएको छ। जर्मनी युरोकपमा यसअघिका संस्करणमा पहिलो खेलमै कहिले पनि पराजित भएको थिएन।

जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’मा रहेको फ्रान्सले महत्वपूर्ण तीन अंक जोडेको छ। फ्रान्स समूहको दोस्रो स्थानमा छ। यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ। जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]