१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

विराटनगर – प्रदेश नम्बर–१ मा दैनिक कोरोना संक्रमणको संख्या ४०० भन्दा कम हुन थालेको छ । संक्रमित थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो ।

बुधबार एक हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकाका थिए । जसमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन् । यहाँ हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ ।प्रदेश्–१ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । बुधबार परीक्षण गरिएका मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार प्रदेश–१ मा ५५७ जना संक्रमणमुक्त भए । जसमा २३२ महिला र ३२५ पुरुष थिए । जबकि, त्यो दिन ३८५ जना कोरोना संक्रमित थपिए ।सोमबार प्रदेश–१ मा ३७९ जना कोरोना संक्रमित थपिएका थिए । यसैगरी, आइतबार एक हजार ३१० जना संक्रमणमुक्त भए । जसमा ५२४ महिला र ७८६ पुरुष थिए । आइतबार ४८६ जना कोरोना संक्रमित थपिएका थिए ।प्रदेश–१ को सबैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो । त्यसमा पनि राजधानी विराटनगर अधिक प्रभावित छ । विराटनगरमा पनि संक्रमितको संख्या घट्दो क्रममा पुगेको छ । आइतबार विराटनगरमा ११७, सोमबार ५६, मंगलबार ५८ र बुधबार विराटनगरमा ६३ जना मात्र नयाँ संक्रमित थपिए छन् । सक्रिय संक्रमितको संख्या साढे सात हजारभन्दा धेरै छ ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कमी आएको बताउँदै भन्छन्, “तर, जोखिम घटिसकेको छैन । संक्रमण पूरै भागेको होइन, स्वास्थ्य सावधानी भने अपनाउनैपर्छ ।”उनले समाजमा खोपको माध्यमबाट ठूलो मात्रामा हर्ड इम्युनिटी सिर्जना नगरुन्जेल संक्रमणको उच्च जोखिम रहने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]