सप्तरी – नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. १ हजार १०० ले घटेको सुनको मूल्य शुक्रवार रू. १ हजार २०० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १ हजार २०० ले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ३५ ले घटेको हो ।