पोखरा – गण्डकी प्रदेशका विपक्षी दलका नेता पुथ्वी सुब्बा गुरुङले प्रदेशको गौरब बढाउने किसिमका योजना र काममा सरकारलाई सहयोग हुने बताएका छन्। प्रदेश सभाको बैठकमा उनले दायित्व र जिम्मेवारीको हिसाबले सहयोग हुने उल्लेख गरे। “गुण र दोषका आधार वा रचनात्मक प्रतिपक्ष शब्दको कुरा होइन। सरकारको निरपेक्षता समर्थन वा विरोध होइन। विरोध गर्नैपर्ने संस्कारबाट मुक्त हुन चाहन्छु”, उनले भने।