सप्तरी – प्रहरीले सत्तारुढ दल नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई पक्राउ गरेको हो।
६ कात्तिकमा पर्सा विन्दवासिनी गाउँपालिका– प्रसौनी गाँउ स्थित सेलर मिलको भवनमा नेकपा विन्दवासीनी गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा कार्यक्रमस्थल बाहिर पार्टीका दुई पक्षविच वाद–विवाद भै झैझगडा हुँदा मुकेशको मृत्यु भएको थियो।
चौरसियाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो।