सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)को जनयुद्घ सहिद गोविन्द चौधरीको १४औ स्मृति दिवस बुधवार एक समारोह विच सम्पन्न भएको छ ।
सो अवसरमा श्रद्धाञ्जली कार्यक्रम सहिद वेपता घाइते अपांग समाजका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा प्रदेश सदस्य महेश पसाद.यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा,प्रदेश सदस्यद्वय अरुण साह,छेदी रजक ,अ.ने.म.संघ(क्रा.)को अध्यक्ष कविता ठाकुर ,अ.ने.कि.महासंघ (क्रा.)प्रदेश न.२ का इन्चार्ज हरि ना.महतो ,जिल्ला सदस्य भगवती यादव,राजु जयशवाल,बाबुराम धिमिरे,पत्रकार देवराम प्रसाद यादव,देवनानाथ यादव,भैगरथ साह,गणपति साह,दिपनारायण चौधरी,बिनु चौधरी,रामदेवयादव,लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा वक्राहरुले शहीदहरुको बलिदानबाट मुलुकमा ३ तहको सरकार बनेकोले शहीदको सपनालाई सकार पार्नु पर्नेमा जोड दिनु भयो । शम्भुनाथ नगरपालिका १ स्थिति रहेको सहिद गोबिन्द चौधरीको शालिकमा फुलमाला लगाएको छ ।शहीद चौधरीको एक मात्र छोरा दिप नारायण चौधरी ११ कक्षामा विराटनगरमा अध्ययनरत रहेको छ । शहीद चौधरीको जन्म २०३२माघ १५गते भएको थियो भने शहादत २०६४ असार ९ गते भएको थियो ।