०७ आश्विन २०८१, सोमबार
wait Please...
वीरगन्जका होटल-लज खोल्न दिन व्यवसायीले माग गरेका…….

पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै वीरगन्जका होटल व्यवसायी ।

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

वीरगन्ज – कोरोना संक्रमण र निषेधाज्ञाका कारण विगत २ महिनादेखि पूर्णरुपमा बन्द रहेका वीरगन्जका होटल , लज , रेष्टुरेन्ट र पार्टी प्यालेस खोल्न दिन व्यवसायीले माग गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले होटल , लज र पार्टी प्यालेस सञ्चालन गर्न दिनुपर्ने माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ । पर्सामा कोरोना संक्रमण दर र संक्रमितको संख्या कम हुँदै गएपछि स्थानीय प्रशासनले असार ७ गते देखि निषेधाज्ञा खुकुलो पारेर पसल बजार खोल्न दिएको छ । पर्सामा निजी सवारी सधान पनि जोरबिजोर प्रणलीमा सञ्चालन गर्न दिइएको छ । आन्तरिक र अन्र्तराष्ट्रिय उडान सेवा पनि सुचारु गर्ने निर्णय सरकारले गरिसकेको छ । तर होटल तथा पर्यटन व्यवसाय क्षेत्र भने बन्द नै रहेको छ । संक्रमणको जोखीम पूणरुपमा टरि नसकेकाले होटल,लज,पार्टी प्यालेस अर्को निर्णय नभएसम्मका लागि सञ्चालन गर्न नपाइने स्थानीय प्रशासनको निर्णय छ ।

सबै पेशा व्यवसाय खुलिसकेकाले अब होटल तथा पर्यटन व्यवसाय क्षेत्र पनि निर्वाध रुपमा सञ्चालन गर्न दिनुपर्ने माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघले शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाइ ज्ञापन पत्र बुझाएको हो ।संघका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले यस विषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकमा छलफल गरि आवश्यक निर्णय लिने आश्वासन दिएको संघका अध्यक्ष पन्तले जानकारी दिए ।ज्ञापनपत्र बुझाउन गएको टोलीमा वीरगन्जका होटल , लज , रेष्टुरेन्ट र पार्टी प्यालेसका सञ्चालकको सहभागीता रहेको थियो ।

कोरोनामा वीरगन्जका होटललाइ ५० करोड भन्दा बढीको नोक्सानी अध्यक्ष पन्तका अनुसार वीरगन्जमा साना र स्तरीय गरि ७० भन्दा बढी आवासीय होटल , लज र पार्टी प्यालेस छन् । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा वीरगन्ज कोरोनाको इपिसोड नै बनेको थियो ।

संक्रमणको दुवै लहरमा वीरगन्जका होटल व्यवसाय नै सबै भन्दा बढी धरासायी भएको अध्यक्ष पन्तले बताए । पहिलो र दोस्रो दुवै लहरको चेपटामा परी वीरगन्जका होटल व्यवसायले ५० करोड भन्दा बढीको नोक्सानी व्यवहोर्नु परेको अध्यक्ष पन्तले बताए । पहिलो लहरको संक्रमणमै थला परेको वीरगन्जको होटल तथा पर्यटन व्यवसाय, लकडाउन हटेपछि विस्तारै पुरानै लयमा फर्किन थालेकै बेला पुन दोस्रो लहर सुरु भइ निषेधाज्ञा पनि लगाइए पछि झन धराशायी बनेको पन्तले बताए । वीरगन्जका आवासीय होटल र लजका अधिकांश ग्राहक भारतबाट आउने पाहुना र पर्यटक हुन् । पन्तले भने ,‘ पोहोर लकडाउन हटेपछि अवस्था सहज हुँदै जाँदा होटल असोज १ गते देखि आंशीक रुपमा खुल्न थालेका थिए तर भारतीय नाका भने बन्दै नै थियो, हामीले नाका पनि खुलाउन सरकारसँग माग गरेका थियौं , सरकार पनि नाका पूर्णरुपमा खोल्ने तयारीमा थियो , तर फेरि दोस्रो लहर सुरु नै भइ हाल्यो नाका खुल्नै पाएन ।’

यसपाली दोस्रो लहरले छोपेपछि वैशाख दोस्रो सातादेखि निषेधाज्ञा पनि जारी गरिएकाले लयमा फर्किन नपाउँदै होटल तथा पर्यटन व्यवसाय पुन थलामा परेको उनले बताए । अहिले संक्रमण पनि निक्कै घटेर पसल बजार खुलिसकेको र हवाइ उडान पनि सुचारु गर्ने निर्णय भइसकेकाले होटल व्यवसाय अब पनि बन्द गर्नुको कुनै औचित्य नरहेको पन्तले बताए । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालाना गर्ने गरि होटल व्यवसाय पनि सञ्चालन गर्ने वातावरण मिलाइ दिन माग गरिएको पन्तले बताए ।

यसअघि असार ५ गते संघले निषेधाज्ञा अवधीभर होटल व्यवसायीलाई स्थानीय तहले लिने घर बहाल ,व्यवसाय , सरसफाइलगायतका सबै प्रकारका कर छुट दिन माग गर्दै वीरगन्ज महानगरपालिकालाइ ज्ञापनपत्र बुझाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]