११ मंसिर २०८१, मंगलबार
wait Please...
विज्ञान, गणित र अंग्रेजीका शिक्षक अभाव

जिल्लामा २ हजार ४ सय ४७ शिक्षकको दरबन्दी रहेकामा ८० कोटा खाली

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

तनहुँ – जिल्लाको ऋषिङ गाउँपालिका–१ कोइदिमस्थित अमर माध्यमिक विद्यालय विज्ञान विषयको शिक्षक खोजीमा छ । विद्यालयले चार पटकसम्म विषयगत शिक्षक आवश्यकताको विज्ञापन गरे पनि कोही सम्पर्कमा आएका छैनन् ।

ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयले आधारभूत तथा माध्यमिक तहका लागि विज्ञान, गणित र अंग्रेजी विषयगत शिक्षक पाउन मुस्किल रहेको अमर माविका प्रधानाध्यापक कर्मसिंह थापा बताउँछन् । ‘गत वैशाख २६ गते पहिलोपल्ट विज्ञान विषयको शिक्षक आवश्यकताका लागि विज्ञापन गरेका थियौं,’ थापाले भने, ‘चारपल्टसम्म विज्ञापन गर्दा पनि शिक्षण अनुमति प्राप्त शिक्षक पाउनै सकिएन ।’सहर/बजारको जस्तो सेवा सुविधा नहुने, इन्टरनेट र राम्रो खाने, बस्ने व्यवस्था नहुने भन्दै गाउँका विद्यालयमा शिक्षक आउन नै नखोज्ने उनले बताए । भने, ‘हाम्रा विद्यार्थी यसै पनि कमजोर छन्, त्यहीमाथि विषयगत शिक्षक नपाउँदा उनीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।’

त्यसो त तनहुँका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव छ । कतै दरबन्दीअनुसार शिक्षक परिपूर्ति गर्न नसकेर प्राथमिक तहमा पढाउने शिक्षकलाई माथिल्लो कक्षामा पढाउन लगाइएको छ । कतै विषयगत शिक्षक नपाएर अन्य विषय पढाउने शिक्षकलाई नै गणित, विज्ञान र अंग्रेजी विषय पनि पढाउन लगाइएको ऋषिङ–३ दुबुङस्थित शान्ति माविका प्रधानाध्यापक हर्कबहादुर थापा बताउँछन् । उनले भने, ‘विद्यालयमा सरकारी दरबन्दीअनुसार विषयगत शिक्षक पनि पाउन सकिएको छैन र स्थानीय तहबाट अनुमति लिएर करार तथा अनुदानमा शिक्षक माग्दा पनि नै पाइँदैन ।’यी विषयका आवश्यक जनशक्ति उत्पादन हुन नसक्दा र अनुमति पाएका शिक्षक पनि सेवा सुविधाको खोजीमा सहर/बजार केन्द्रित भइदिँदा शिक्षक पाउन मुस्किल भएको उनको तर्क छ । सरकारले शिक्षण अनुमतिपत्र लिएपछि अनिवार्य २ देखि ३ वर्ष ग्रामीण क्षेत्रका विद्यालयमा पठनपाठन गराउनुपर्ने नीति बनाउनुपर्ने उनको सुझाव छ सरकारको दरबन्दीअनुसार शिक्षक उपलब्ध नभएपछि अनुदान कोटाबाट शिक्षक व्यवस्थापनका लागि विद्यालयलाई अनुमति दिइएको ऋषिङका शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाटले बताए । उनले भने, ‘अनुदानको कार्यक्रम पनि ढिला आयो र अहिले निषेधाज्ञाले गर्दा शिक्षकहरू सम्पर्कमा नआएका हुन सक्छन् ।’

जिल्लामा ४ सय ४१ वटा सामुदायिक र १ सय ३४ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सरकारले उपलब्ध गराएको दरबन्दीअनुसार २ हजार ४ सय ४७ शिक्षकको दरबन्दी रहेकामा ८० कोटा खाली छ । दरबन्दीबाहेक पनि स्थानीय तहको आन्तरिक स्रोतबाट जिल्लाको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले क्रमशः २५ र ३० जना प्राथमिक तहमा शिक्षकलाई करारमा राखेको छ ।जिल्लाको ऋषिङमा ७१ र आँबुखैरेनी गाउँपालिकामा ९ जना शिक्षक दरबन्दीमा शिक्षक पदपूर्ति नभएको सम्बन्धित शिक्षा शाखा प्रमुख बताउँछन् । विज्ञान, गणित र अंग्रेजीका विषयगत शिक्षक नपाउँदा यी दरबन्दी खाली भएको आँबुखैरेनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अगमराज उपाध्यायले बताए ।

‘विद्यार्थीको संख्या हेरेर सरकारले उपलब्ध गराएको दरबन्दी पर्याप्त छैन,’ उनले भने, ‘विद्यार्थी थोरै छन् भनेर विद्यालय नै बन्द गरी सा–साना विद्यार्थीलाई टाढाको विद्यालय जाऊ भन्न पनि सकिँदैन । हाल गाउँपालिकाकै स्रोतबाट १०/१२ जना शिक्षकलाई तलब खुवाइरहेका छौं । अब सरकारले विद्यार्थीको संख्या मात्र नहेरी भौगोलिक क्षेत्र पनि हेरेर दरबन्दी बनाउनुपर्ने आवश्यक छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]