२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

लामो समयसम्म सुरक्षित अस्ट्रेलियाको सीड्नी शहर वरपर कोरोनाभाइरस सक्रमण अप्रत्यासीत रूपमा देखिएपछि शनिबार २६ जुनको साँझ ६ बजेदेखि २ साताका लागि ग्रेटर सिड्नीमा लकडाउन हुने न्युसाउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन्।

लकडाउन बीच मानिसहरू खाद्य सामग्री र अन्य अत्यावश्यक सामग्री तथा स्वास्थ्य सेवा या विशेष हेरचाहका लागि अथवा कोभिड –१९ खोप लगाउन निस्कन पाइने भएको छ।९ जुलाई मध्यरातसम्म ग्रेटर सिड्नी, ब्लु माउनटेन्स, सेन्ट्रल कोस्ट र ओलगंग क्षेत्रहरूमा लकडाउन लाग्नेछ। घरबाट गर्न नमिल्ने अत्यावश्यक काम या शिक्षाको लागि मात्र मानिसहरू बाहिर निस्कन पाउनेछन्। शनिबार एनएसडब्लु राज्यको मन्त्रिपरिषद बैठकले ग्रेटर सिड्नीभर लकडाउन लगाउने न्युसाउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले घोषणा गरेकी हुन्।

सिड्नीका स्थानीय सरकारी क्षेत्रः वुलारा, वेभर्ली, र्‍यान्डविक र सिटी अफ सिड्नीका बासिन्दालाई अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ। राज्यमा पछिल्लो २४ घण्टामा १२ संक्रमण फेला परेका छन्। ५५ हजार २ सय २० वटा परीक्षणबाट शुक्रबार बिहानसम्म २९ वटा संक्रमण पुष्टि भएका छन्। राज्यद्धारा जारी गरिएको नयाँ निर्देशनमा शनिबार र आइतबार विवाहको पार्टी गर्न दिइने, तर २७ जुन आइतबार मध्यरातदेखि कुनै पार्टी गर्न पाइने छैन।

लकडाउनको अवधिमा अन्त्येष्टि समारोहमा प्रत्येक चार वर्ग मिटरमा एक व्यक्ति रहने गरी, अधिकतम १०० जना मानिसहरू उपस्थित हुन पाउनेछन्। लकडाउनको अवधिमा कुनै पनि सामुदायिक खेलकुद कार्यक्रमहरू गर्न पाइने छैन। संघीय सरकारले जुलाई एक तारिखदेखि सिड्नी शहर, पूर्वी र भित्री पश्चिमी क्षेत्रमा लकडाउनका कारण काम गर्न नपाउने मानिसलाई आर्थिक सहयोग प्रदान गर्ने समेत जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]