काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाइएको बैठक बिहान ९ बजे बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल हुने उनले बताए।
साथै, बैठकमा अदालतका पछिल्ला फैसला तथा जारी बहसबारे पनि समीक्षा हुने बताइएको छ।