११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १३, २०७८

मकवानपुर – हेटौंडा अस्पतालले भोली सोमबारबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क रुपमा डायलिसिस सेवा सुरु गर्ने भएको छ ।

अस्पतालले तत्कालका लागि दैनिक १० जना मिर्गौलाका बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ हेटौंडा अस्पतालले डायलिसिस सेवा सुरु गर्ने तयारी गरेको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलिसिस सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।करिव ५ करोड रुपैयाँ लागतमा अस्पतालले निःशुल्क रुपमा मिर्गौलाका बिरामीहरुलाई लक्षित गरी डायलिसिस सेवाको सुरुवात गर्ने तयारी गरेको चौलागाईंले बताए ।

उनका अनुसार, हेटौंडा अस्पतालमा तत्काल ५ वटा डायलिसिस मेसिन प्राप्त भएको र उक्त मेसिनलाई नेफ्रोलाजिष्ट डाक्टरको संयोजकत्व दैनिक २ पटक बिहान र साँझ संचालन गरी मिर्गौलाका बिरामीहरुलाई सेवा प्रदान गरिने छ । अस्पतालमा डायलिसिस सेवा संचालनका लागि हेटौंडा उप-महानगरपालिकाबाट ३ वटा, बहुराष्ट्रिय कम्पनी युनिलिभर र शिभम् सिमेन्टबाट वटा डायलिसिस मेसिन प्राप्त भएको चौलागाईंले बता।ए । आगामी १ महिना भित्र थप ३ वटा डायलिसिस मेसिन ल्याएर मिर्गौलाका बिरामीहरुलाई सेवा दिने लक्ष्यसहित अस्पताल संचालन तथा व्यवस्थापन समिति लागिपरेको उनले बताए । हेटौंडा अस्पतालमा डायलिसिस सेवा संचालनका लागि ३ वर्ष अगाडी नै तयार पारिएको भवनमा मेसिन जडान गरिएको उनले बताए । यस अघि उक्त भवन प्रशासनिक कार्य र छोटो अवधिका स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रमहरु संचालन गरिदै आएको थियो । अस्पतालमा डायलिसिस सेवा संचालनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरपालिकाले व्यहोर्ने र स्वास्थ्यकर्मी व्यवस्थापन भने अस्पतालले गर्ने चौलागाईंले बताए ।

करिव ८ महिना अगाडी नै तत्कालिन प्रकाश पौडेल नेतृत्वको अस्पताल व्यवस्थापन समितिले हेटौंडा अस्पतालमा डायलिसिस सेवा संचालन गर्नु पर्ने भए पनि कोरोनका संक्रमणको जोखिमका कारण ढिला हुन गएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]