डेनमार्क र इटाली युरोपेली देशहरुको फुटबल प्रतियोगिता युरो कप २०२० को क्वाटरफाइनलमा पुगेका छन् । डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले र इटालीले अष्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थानमा पुगेका हुन् ।
प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन् । आज नेपाली समय अनुसार साँझ ९ः४५ बजे नेदरल्याण्ड र चेक रिपब्लिक भिड्ने छन् । यो खेलको बिजेताले सेमिफाइनल प्रवेशको लागि डेनमार्कसंग खेल्ने छ । त्यस्तै राति १२ः४५ बजे बेल्जियम र पोर्चुगल भिड्दै छन् । यो खेलको बिजेताले सेमिफाइनल प्रवेशको लागि इटालीसंग खेल्ने छ ।नेदरल्याण्ड समुह सीको समुह बिजेता हो । नेदरल्याण्डले समुह चरणमा सबै खेलमा जित हात पारेको थियो । चेक रिपब्लिक समुह डिको तेस्रो स्थानमा रहेको टोलि हो ।
उसले समुह चरणमा १ जित, १ हार र एक बराबरी खेलेको थियो । त्यस्तै बेल्जियम समुह बिको समुह बिजेता हो । बेल्जियमले समुह चरणमा सबै खेलमा जित हात पारेको थियो । पोर्चुगल समुह एफको तेस्रो स्थानमा रहेको टोलि हो । उसले समुह चरणमा १ जित, १ हार र एक बराबरी खेलेको थियो ।